अख्तियारका पूर्व आयुक्त पाठकविरुद्ध ७८ लाखको भ्रष्टाचार मुद्दा दायर

Rajnarayan pathak

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध ७८ लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पाठकले भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोधर न्यौपानेलाई उक्त सामुदायिक कलेज उनको नाममा नामसारी गर्न सहयोग गर्ने र मुद्दा तामेलीमा राखिदिने भन्दै पटकपटक गरेर ७८ लाख घुस लिएको खुलासा भएको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकलाई बुझाएको स्वीकार गरेका थिए । आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका थिए ।

लामो अनुसन्धानपछि आयोगको बैठकले मंगलबार भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो । निर्णय अनुसार पाठक र नेपाल इन्जिनियरिङ कलेका सञ्चालक लम्बोदर न्यौपानेलाई विपक्षी बनाई ७८ लाखको मुद्दा दायर भएको हो । पाठकले घुस लिएको सार्वजनिक भएपछि फागुन ३ गते राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...