यी हुन् जापानले नेपाली कामदार लैजाने १४ क्षेत्र, तलब जापानी नागरिक सरह नै हुने

Nepal vs japann

काठमाडौँ । जापानले नेपालबाट विभिन्न १४ क्षेत्रमा कामदार लैजाने भएको छ । सोमबार नेपाल र जापानबीच भएको श्रमिक सम्झौतापछि जापानलाई नेपालबाट कामदार लैजाने बाटो खुलेको हो ।

समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन् ।

समझदारीसँगै अब नेपाली कामदार जापान जाने बाटो औपचारिक रुपमै खुला भएको छ । जापानले नेपालबाट विशेष सीप भएका कामदारलाई मात्रै लैजाने यसअघि नै जनाउँदै आएको छ । जापानले विभिन्न १४ क्षेत्रमा नेपालबाट सीययुक्त जनशक्ति लैजाने कुरालाई प्राथमिकतामा राखेको जनाएको छ ।

ती क्षेत्र अन्तर्गत, कृषि , नर्सिङ केयर, सवारी साधन मर्मत, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थको उत्पादन, आवास उद्योग, मेसिनरी पार्टस उद्योग, माछा मार्ने तथा माछा पालन उद्योग, आद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक तथा सुचना प्रविधि उद्योग, विल्डिङ तथा सरसफाई उद्योग, जाहज पार्टपुर्जा एवम् हवाई उद्योग रहेका छन् ।

कामदार पाँच वर्ष जापान बस्न पाउने

सोमबार भएको दुईदेशीय सहमति अनुसार सीप भएका तथा दक्ष कामदार ५ वर्ष सम्म जापानमा रहन सक्ने व्यवस्था छ । कम सीप भएका कामदारको हकमा भने थप सीप प्रदान गर्नका लागि पनि ५ वर्षभन्दा बढीको अवधि गर्न सकिने जापानले जनाएको छ ।

श्रम समझदारी अनुसार नेपाली कामदारले जापानीको नागरिक सहरको सेवा सुविधान पाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...