विप्लव समुहका म्याग्दी जनसरकार प्रमुखसहित ३ जना पक्राउ

3 jana pakrau

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव माओवादीका म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुन पक्राउ परेका छन् ।

मालिका गाउँपालिका–३ का पुनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार पक्राउ गरेको हो ।

उनीसँगै मालिका गाउँपालिका–६ दरवाङका रमेश पुन र थमबहादुर पुन पनि पक्राउ परेको म्याग्दी प्रहरीका सूचना अधिकृत ध्रुव शर्माले बताए ।

‘अनुसन्धान भइरहेको छ, के मुद्दा अगाडि बढाउने विषयमा सरकारी वकिलसँग राय लिने काम भइरहेको छ,’ शर्माले भने ।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको शर्माले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...