नेपाल एयरलाइन्सको वाइडबडी विमान ट्याक्सी-वेमा अड्किएपछि...

Nepal airlince 444

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन विमानस्थलमा ट्याक्सी-वे एक घण्टा बढी अड्किएको छ ।

दिउँसो पार्किङबाट ह्याङ्गरमा लाने क्रममा तान्ने गाडी (टो भेहिकल बार) बिग्रिएपछि करिब एक घण्टा विमानस्थलको सेवा प्रभावित भएको विमानस्थल स्रोतले बतायो ।

‘करिब एक घण्टा विमानस्थलको सेवा प्रभावित बन्यो,’ विमानस्थलका एक अधिकारीले भने ।

ट्याक्सी-वे विमानस्थलको पार्किङमा जाने-आउने बाटो हो ।

ट्याक्सी-वे विमान अड्किएपछि विमानस्थलमा उडान-अवतरण रोकिन पुगेको थियो ।

हाल विमानलाई तानेर ह्यांगरमा लगिसकिएको छ ।

विमानस्थलको सेवा पनि सञ्चालनमा आइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...