कमल थापाले बनाए जम्बो समिति : रहने भए दुई बरिष्ठ उपाध्यक्ष र दुई महामन्त्री

Kamal thapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मौजुदा पदाधिकारीको संख्यामा थप गरी दुई बरिष्ठ उपाध्यक्ष, दुई महामन्त्रीदेखि केन्द्रिय सदस्यसमेत मनोनयन गरेको छ ।

राप्रपाले बरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुलीलाई मनोनयन गरेको छ । राप्रपाले राजेन्द्र लिङ्देन र श्री धवल शम्शेर जबरालाइृ महामन्त्री बनाएको छ ।

पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मौजुदा पदाधिकारीको संख्यामा थप गरी प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठलाई उपाध्यक्ष मनोनयन गरेका छन् ।

त्यसैगरी प्रवक्ताहरु सुशील श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्लेलाई मनोनयन गरेको छ भने चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दिपकबहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझीलाई सह–महामन्त्रीहरु बनाएको छ ।

राप्रपाले मंगलबार मनोनयन गरेकामध्ये सहायक महामन्त्रीहरु लिलादेवी श्रेष्ठ र मदनबहादुर कार्की छन् भने सहायक प्रवक्ता रमानन्द न्यौपाने छन् ।

यसैगरी प्रदीपकुमार उदयलाई प्रदेश नं. ५ को अध्यक्ष र दईन्द्रबहादुर ठकुरीलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...