विप्लवविरुद्ध आक्रमक बन्दै सरकार, ४५ जना छन् हिरासतमा (नामसहित)

Biplav chnda

काठमाडौं । फागुन २८ मा सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक गर्न पूर्णरुपमा प्रतिवन्ध लगायो । त्यसयता प्रहरीले विप्लवका नेता कार्यकर्ता पक्राउ गर्न भएभरको बल लगाइरहेको छ ।

पछिल्ला केही दिनमा प्रहरीले उल्लेख्य मात्रामा विप्लवका नेता तथा कार्यकर्ता पक्राउ पनि गरिसेकेको छ । हालसम्म ४५ जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । तर विप्लवले सरकारले आफ्ना नेता कार्यकर्ता पक्राउ जारी राखे प्रतिकार गर्ने चेतावनी दिँदै आएको छ ।

प्रहरीले अहिलेसम्म विप्लव समूहका सबैभन्दा ठूला नेता मध्य क्षेत्रीय कमाण्ड तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीलाई नियन्त्रणमा लिइएको छ । उनको पक्राउलाई सुरक्षा निकायले पनि ठूलो सफलताको रुपमा लिएको छ । उनी पक्राउ परेपछि विप्लव समूहलाई ठूलो धक्का परेको सुरक्षा निकायको विश्लेषण छ ।

प्रहरीले विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ । नेकपाका नवलपरासी इञ्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएको हो ।

नेत्रविक्रम चन्द विप्लव समुहका तीन जना कार्यकर्तालाई भोजपुरका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव समुहका टेम्केमैयङ गाउँपालिका–४, नागीका सञ्जय राई, पौवादुङमा गाउँपालिका–३, च्याङ्ग्रेका विकास राई र साल्पासिलिछो गाउँपालिका–१ कुलुङका महेन्द्र तामाङलाई सामबार प्रहरीले पक्राउ गरेको हो ।

ललितपुरको नख्खुस्थित एनसेलगट अगाडि गराइएको बम बिस्फोटमा एक जनाको मृत्यु र २ जना घाइते भएको घटनाबाट विप्लव समूहका नेता कार्यकर्ता पक्राउ गर्न सुरु गरेको प्रहरीले बम बिस्फोटमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले फागुन १४ गते विप्लवका पूर्व अंगरक्षकसमेत रहेका सूर्य भुजेललाई कलंकीबाट पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट रवीन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नवीन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी पनि पक्राउ परेका छन् ।

हालसम्म को–को पक्राउ परे ?
फागुन १४ – काठमाडौंका विभिन्न स्थानबाट सूर्य भुजेल, जयराम दंगाल, अर्जुन केसी र अर्जुन गोतामे ।

फागुन १५ – मोरङबाट एलएमजी र एम(१६ सहित देवकुमार लिम्बू ‘संगीत’ ।

फागुन २१ – सुर्खेतबाट नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा भेरी क्षेत्रीय समन्वय समितिका संयोजक पुष्पबहादुर न्यौपाने ।

फागुन २१ – सामाखुसीबाट जनवर्गीय संगठन किसान महासंघका अध्यक्ष राजु कार्की ।

फागुन २२ – दरबारमार्ग क्षेत्रबाट ब्युरो सदस्य केदार खतिवडा ।

फागुन २३ – विप्लवको गाउँ कपिलवस्तुको शिवराज नगरपालिकास्थित शिवगढीबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउन्ड, ५।५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) सहित दुर्गाबहादुर रोका ।

चैत १ – ललितपुरको च्यासलबाट पोलिटब्युरो सदस्य मोहन कार्की ‘जिवन्त’ ।

चैत २ – प्युठानबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् राप्ती क्षेत्रीय समन्वय समितका संयोजक पदम पोख्रेल ।

चैत ४ – नख्खु बम बिस्फोटमा संलग्न रहेको भनिएका नुमबहादुर विक र डिकेन्द्र राई ।

चैत ५ – अपराध महाशाखाको टोलीले काभ्रेबाट ४ राउण्ड गोलीसहित शिव धिमाल र विशाल तामाङ ।

चैत ८ – काभ्रेबाटै स्थायी समति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड हेमन्तप्रकाश ओली ‘सुदर्शन’, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का ।

चैत ११ – मोरङबाट कोशी ब्युरो इन्चार्ज धनश्याम श्रेष्ठ ‘पुष्कर’ र ब्यूरो सदस्य माधव गौतम ।

चैत ११ – कर्णाली प्रदेशबाट जिलेटीन ३२ थान, इलेक्ट्रिक डेडकड १ थान, गन्धक बारुद १ केजी र डेडकड ३ मिटर लगायतका विस्फोटक पदार्थसहित बुद्धिजीवी परिषद्का भेरी–कर्णाली इन्चार्ज धनराज शाही ।

चैत ११ – पश्चिम नवलपरासी जिल्ला इन्चार्ज गंगा ज्ञवाली ‘सुमन’ र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दानिया ।

चैत ११ – भोजपुरबाट सञ्जय राई, विकास राई र महेन्द्र तामाङ ।

चैत ११ – कैलालीबाट युवा संगठनका पूर्वप्रमुख रुपेश दिवाकर ।

चैत ११ – कोहलपुरबाट बाँके जनपरिषद् प्रमुख कृष्ण बहादुर शाही ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...