विप्लवका समुहका ४ जना जिल्लास्तरीय नेता पक्राउ

Pakkrau 1

सल्यान । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना जिल्लास्तरीय नेताहरूलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पार्टीका जिल्ला सदस्य मदन केसीसहित अन्य तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

विभिन्न समयमा गरेर अहिले नेकपाका चार जना जिल्ला स्तरीय नेताहरू प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष भीमबहादुर ओली, सचिव गणेश आरसी र युवा संगठनका जिल्ला सचिव खुमलाल केसीलाई पक्राउ गरिएको छ ।

विभिन्न आरोपमा उनीहरूलाई फरक फरक दिन पक्राउ गरिएको डिएसपी शाहीले बताए ।

पक्राउ परेकाहरू विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए ।

पार्टीमा आस्था भएकै कारण नेताहरूलाई पक्राउ गर्नु गैरकानुनी भएको भन्दै नेकपा सल्यानले आपत्ति जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...