त्रिशूलीमा निर्माणाधिन पुल हावाहुरीले भत्कायो

Trisuli pull

धादिङ । हावाहुरीका कारण धादिङको गल्छी गाउँपालिका-१ र नुवाकोटको बेलकोट गढी नगरपालिका-५ मा जोड्ने त्रिशूली नदीमाथिको निर्माणाधिन पक्की पुल भत्किएको छ ।

धादिङको सदरमुकामबाट सुनौलाबजार खाल्टे फोस्रेटार हुँदै नुवाकोटको बेलकोटगढी नगरपालिका जोड्नका लागि त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार पारिएको फ्रेम सोमबार साँझ आएको हावाहुरीले भत्काइदिएको हो ।

५ वर्ष अघिदेखि निर्माण सुरु गरिएको भएपनि उक्त पुलको निर्माण कार्य आधा पनि सकिएको थिएन ।

२०७४ आषाढ मसान्तसम्ममा बनाइ सक्नुपर्ने भएपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १ वर्ष थप गरी निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०७५ चैत्र मसान्तसम्म तोकिएको थियो ।

पुलको जम्मा १ सय मिटर मात्रै ढलान भएको छ भने अर्को १ सय मिटर ढलान गर्ने तयारी गर्ने क्रममा हावाहुरीले भत्काइदिएको साइड इन्चार्ज सुरेशबाबु पाण्डेले बताए ।

ढलान गर्ने तयारी अवस्थामा राखिएको फ्रेम सबै भत्काइ दिएपछि ५० लाख बराबरको क्षति भएको पाण्डेले बताए ।

उनले भने, ’फ्रेम भत्किएपछि ढलान गर्ने तयारी अवस्थामा राखिएको सबै कुरा नष्ट भएको छ । अहिले तयारी गरेको फलाम कुनै काम लाग्दैन, अब यत्ति बनाउन फेरी अर्को २ महिना लाग्छ, करिब ५० लाख जतिको क्षति भएको छ ।’

१५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपैयाँको लागतमा बन्ने पुल १९२ मिटर लामो हुनेछ ।

निर्माण गरिसक्नुपर्ने अवधि सकिनै लाग्दासमेत काममा ढिलाइ भइरहेको स्थानीयको गुनासो आइरहँदा हावाहुरीले समेत पुल भत्काइदिएपछि पक्की पुलबाट ओहोर दोहोर गर्ने स्थानीयको सपना फेरी पर धकेलिएको छ ।

एक स्थानीयले भने, ’काम गर्ने मजदुर पनि एकदमै थोरै हुन्छन्, काममा एकदमै ढिलासुस्ती भएको थियो, अहिले फेरी हावाहुरीले भत्कायो अब फेरी ठेकेदारलाई म्याद थप्ने बहाना भयो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...