ट्रक-मोटरसाईकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते

Durghatana

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनी नगरपालिका-१ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब साढे ९ बजे नारायणगढतर्फ आइरहेको ना ४ ख ९९८१ नम्बरको ट्रकले विपरीत दिशामा गइरहेको ग १४ प ५५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला जुगेडी नगरपालिका-८ का ४० वर्षीय होमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार मृतक होमबहादुरकी ३० वर्षीया श्रीमती कोमली मगर र ८ वर्षीय छोरा लीलबहादुर पुलामी दुर्घटनामा घाइते भएका छन् ।

उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज (सीएमएस) मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।

ठक्कर दिने ट्रकका चालक ट्रकसहित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...