वर्षाको पानीले दुई सातादेखि लागेको डढेलो नियन्त्रणमा, ७ हजार हेक्टर वनमा क्षति

Aaglagi 45

उदयपुर । उदयपुरको चुरे क्षेत्रमा दुई सातादेखि लागेको डढेलोले सात हजार ५० हेक्टर वनमा क्षति पुगको छ ।

हावाहुरी र सुख्खा मौसमका कारण डढेलो नियन्त्रण गर्न नसक्दा सामुदायिक र राष्ट्रिय वनमा क्षति पुगेको हो ।

गाईघाट वन डिभिजन कार्यालयका सूचना अधिकारी जागेश्वर साहका अनुसार डढेलोले गाईघाट डिभिजन वन कार्यालय मातहत रहेका १०० सामुदायिक वन र राष्ट्रिय वन गरी सात हजार हेक्टर वन क्षेत्रमा क्षति पुगेको हो ।

‘सुख्खा मौसममा हावाहुरी चलेको कारण नियन्त्रण गर्न खोज्दाखोज्दै सात हजार हेक्टर वन जलेको छ,’ उनले भने, ‘सोमबार राति परेको आकाशे पानीले मात्र डढेलो नियन्त्रणमा आएको छ ।’

त्रिवेणी डिभिजन वन कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठले त्रिवेणी क्षेत्रमा ५० हेक्टरभन्दा बढी वनमा क्षति पुगेको बताए । ‘त्रिवेणीको चुरे क्षेत्रमा धेरै जल्न दिएनौं,’ उनले भने, ‘सोमबार राति परेको पानीका कारण धेरै राहत भयो ।’

गाईघाट वन डिभिजन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रणको प्रयास जारी थियो । वर्षा भएपछि नियन्त्रणमा आएको हो ।

‘कहीँ कतै गहिरा खोल्सामा आगोका कोइलाहरु बसेको छ कि,’ उनले भने, ‘हामीले नियन्त्रणको प्रयास जारी राखेकै बेला आकाशबाट परेको पानीले धेरै सहयोग गर्यो ।’

उदयपुरका दुई डिभजन वन कार्यालयहरुले चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न नेपाल प्रहरी, सामुदायिक उपभोक्ता वन समूहका उपभोक्ता, वन कर्मचारी परिचलान गरिएको थियो ।

चुरे वनक्षेत्रसँग जोडिएको बेलका, चौदण्डी, त्रियुगा, कटारी नगरपालिकाका र उदयपुरगढी गाउँपालिका वनमा डढेलो लागेको थियो ।

डढेलो लगाएपछि वनमा नयाँ घाँस उम्रिने विश्वासमा सर्वसाधारणले वनमा डढेलो लगाउँछन् । जनचेतना अभावका कारण स्थानीयले लगाउने आगो हुरीका कारण फैलेर वन सखाप हुने गरेको छ ।

यसरी लाग्ने डढेलोले बस्ती पुग्दा जनधनको क्षति हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...