‘हिमाली फेदैको गाउँमा’ मार्फत आए सुनील

Himali gau ko fedaima song

काठमाडौं । गायक सुनील लामाले ‘हिमाली फेदैको गाउँमा’ बोलको गीत ल्याएका छन् । गायक सुनिल लामाकै संगीत रहेको ‘हिमाली फेदैको गाउँमा’ बोलको गीतको शब्द समिर लामाको छ । यो गीतको शिलाबहादुर मोक्तानले एरेन्ज छ ।

‘हिमाली फेदैको गाउँमा’ को म्युजिक भिडियो पनि बनेको छ । जसमा सुनिता लुङ्बा र योसफको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोको कोरियोग्राफी, सम्पादन र निर्देशन अजय स्याङतानको रहेको छ भने थोकर फिल्मस् प्रालिको पोष्ट प्रडक्सनमा बजारमा आएको छ ।

सार्वजनिक भएको गीतको भिडियोमा काभ्रेको नवोवुद्दका मनोरम दृष्यावलोकन गर्न सकिन्छ । गायक लामा वैदेशिक रोजगारीका क्रममा कोरियामा छन् ।

Video

प्रतिकृया दिनुहोस