मिलाप फाउण्डेसनले दियो नुवाकोटमा शैक्षिक तथा खेलकुद सामाग्री

News nuwakot

नुवाकोट । मिलाप फाउण्डेसनले नुवाकोट, विदुर–३ मैतारस्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक अभियान सुरु गरेको फाउण्डेसनले इभेन्टम्यानेजमेन्ट एसोसियन अफ नेपाल (इमान) र विदुर नगरपालिका वार्ड नं. ३ को सहकार्यमा शुक्रबार सो विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले चण्डी आधारभूतमा शैक्षिक तथा खेलकुद सामाग्री कार्यक्रममा साथ सहयोग पु¥याउने सबैलाई धन्यवाद दिँदै आउँदा दिनमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने फाउण्डेसनकी अध्यक्ष गीता अधिकारीले बताइन् । उनले नेपालमा २०७२ मा गएको विनासकारी भुकम्पमा आहत भएकालाई तत्काल राहत पु¥याउने कार्य गरेको स्मरण गर्दै फाउण्डेसनले समय समयमा सामाजिक कार्य गर्दै आएको बताइन् ।

सो शैक्षिक सामाग्री वितरण कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेल, महासचिव किरणप्रसाद अधिकारी, सचिव गोकर्ण लामिछाने, कोषाध्यक्ष रेखा पौडेल, सदस्यहरु सारिका घिमिरे, प्रल्लाहद केसी, सपना राई, राज न्यौपाने, योगेश काजी र जेनी कुवरको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...