विवादित क्षेत्र भन्दै भारतीयद्धारा सडक कालोपत्रेको कार्य अवरुद्ध

Kanchanpur sadak bibad

कञ्चनपुर । भारतीय सीमा शुरक्षा बल (एसएसबी)को अवरोधका कारण कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रम्हदेवमा सडक कालोपत्रे गर्ने कार्य रोकिएको छ । विवादित क्षेत्र भन्दै भारतीय एसएसबीले सडक कालोपत्रे गर्ने कार्य रोकेको हो ।

विवादास्पद टनकपुर बाँध नजिकै ब्रम्हदेव बजार जोडनका लागि नगरपालिकाले ४३ लाख रुपैयाँमा १.३८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि न्यू जोशी कस्ट्रक्सनलाई ठेक्का दिएको थियो ।

ठेकेदारले शुक्रबार सडक कालोपत्रे गर्नका लागि साधनसहित कार्यस्थलमा पुगेपछि भारतीय एसएसबीले अवरोध गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

भारतीय एसएसबीले सडक कालोपत्रे गर्ने कार्यको अवरोध गरेको ठाउँको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्य, नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र शुरक्षा निकायका अधिकारीहरूले अवलोकन गरेका छन् ।

भारतीय पक्षले माथिल्लो निकायमा विवाद समाधान नहुँदासम्म सडक निर्माणको कार्य अगाडि बढाउन नदिने अडान राखेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी वैद्यले सडकमा कालोपत्रे गर्ने कार्य अगाडि बढाउनका भारतीय पक्षसँग छलफल भइरहेको बताए ।

भारतीय पक्षले नौ महिनाअघि बाँध नजिकैको एक हजार दुई सय मिटर सडक कालोपत्रे गरिसकेको छ ।

नेपाली भूमिमा भारतले केही महिना अगाडि सडक निर्माणको कार्य अगाडि बढाएपछि नेपाली पक्षको विरोधका कारण काम रोकिएको थियो ।

सोही ठाउँमा अहिले नगरपालिकाले सडक कालोपत्रे गर्ने कार्य अगाडि बढाएपछि भारतीय पक्षले अवरोध गरेको छ ।

सडकमा कार्य अगाडि बढाउनका लागि पुगेका न्यू जोशी कस्ट्रक्सनका सञ्चालक भीमराज जोशीले भारतीय एसएसबीका जनावहरू आएर ’माथिको आदेश छ काम रोक्नोस्’ भने त्यसपछि काम रोकेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...