छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ

3 jana pakrau

बिर्तामोड । १ नं प्रदेश अन्तर्गत झापा र सुनसरीबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुरबाट प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको हो ।

भद्रपुर नगरपालिका-९ घोडामारा चिया बगानबाट सोहि स्थानका नरेन राजवंशीलाई कोरेक्स ४ बोतल, नाइट्रोजन ट्याब्लेट ६ सय ३० पिस, मोबाइल १ थान र नगद २९ हजार ६ सय ५० सहित प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए ।

यस्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरीको टोलिले सुनसरीको बरहाक्षेत्र नगरपालिका-६ बसपार्कबाट लागूऔषधसहित सुरेस बिष्ट र कालुप्रसाद राईलाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो राजाबासबाट चतरातर्फ जाँदै गरेको मे.१ प ६७९२ नम्बरको मोटरसाइकल चेक गर्दा उनीहरुको साथबाट ७ सय ६८ पिस स्पासमो प्रोक्सिवन क्याप्सुलसहित नियन्त्रणमा लिएको हो ।

बरामद मोटरसाइकल र लागूऔषधसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...