५ किलो अवैध गाँजासहित युवक पक्राउ

Pakkrau 1

सर्लाही । सर्लाहीमा  पाँच किलो अवैध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको लालबन्दी नगरपालिका-२ जुटपानी स्थित बस बिसौनीबाट लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुर रानीसेरा गाउँपालिका-१ का १८ वर्षीय पालसाङ बम्जनलाई ५ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रातो क्रेटको माथिल्लो भागमा टमाटर राखेर भित्रि भागमा प्लाष्टिकमा बेरेर लुकाएर राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस