क्याप्टेन हेर्न सिटी सेन्टर पुगे प्रधानमन्त्री ओली

Kp oli

काठमाडौं । राजनीतिक भेटघाट र कार्यक्रममा निक्कै व्यस्त रहने प्रधानमन्त्री केपी शर्मा ओली बुधबार चलचित्र हेर्न कमलपोखरीस्थित सिटी सेन्टर पुगेका छन् ।

आफ्ना पिता मनप्रसाद ओलीसहित सरकारका मन्त्री र पार्टीका नेता लिएर सिटी सेन्टर पुगेका प्रधानमन्त्री ओलीले बीग मुभिजमा साँझको शो मा नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका थिए । युवा अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म फुटबल खेल, राष्ट्रियता र खेलाडीले भाग्नुपर्ने समस्यालाई उठान गरिएको छ ।

प्रधानमन्त्रीसँग नेकपाका नेताहरु विष्णु पौडेल, रघुवीर महासेठ लगायतले पनि फिल्म हेरे । चलचित्रका निर्माता भुवन केसीको पहलमा प्धानमनत्री लगायतका नेता क्यापटेन हेर्न सिटी सेन्टर पुगेका थिए ।

‘क्याप्टेन’ एक फुटबल खेलाडीको संघर्षमा आधारित चलचित्र हो । चलचित्रले मध्यम ब्यापार गरिरहेको छ । कन्टेन्टले भने तारिफ पाइरहेको छ ।

प्रतिकृया दिनुहोस