‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री सिटी सेन्टरमा

Kp oli 6

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार फिल्म हेर्न सिटी सेन्टर जाने भएका छन् ।

नेपाली चलचित्र क्याप्टेन हेर्न साँझ ६ बजे प्रधानमन्त्री जान लागेको नायक भुवन केसीले दाबी गरेका छन् । चलचित्रका निर्माता केसी हुन् ।

उनका अनुसार प्रधानमन्त्रीले सिटी सेन्टरमा चलचित्र हेर्ने र होलीको शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रधानमन्त्रीसँगै विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिको उपस्थिति रहने उनले बताए । ‘क्याप्टेन’ एक फुटबल खेलाडीको संघर्षमा आधारित चलचित्र हो ।

चलचित्रले मध्यम ब्यापार गरिरहेको छ । कन्टेन्टले भने तारिफ पाइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...