जन्मदिनमा साथीहरूलाई चकलेट लिन जाँदा बोलेरोले ठक्कर दियो !

Mirtu 884545

चितवन । रत्ननगर नगरपालिका-१० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा सोही ठाउँका १४ वर्षिय वसन्त थापाको मृत्यु भएको छ ।

ना ४ च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९ :३० बजे थापालाई ठक्कर दिएको थियो ।

कक्षा ८ मा अध्ययनरत उनको उपचारका लागि चितवन मेडिकल कलेज पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।

आफ्नो जन्मदिन परेकाले साथीहरूलाई ख्वाउन चकलेट लिन भनी बिहानको अतिरिक्त कक्षा सकेर उनी घर फर्किदै थिए ।

साइकलमा बाटो पार गर्ने क्रममा जेब्राक्रसिङमा बोलेरोले उनलाई ठक्कर दिएको थियो । बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही क्रममा बोलेरोमा आगजनी गर्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि स्थानीय जनप्रतिनिधिको रोहवरमा उनीहरुलाई छाडिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...