जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

Pakrau 11

भोजपुर । जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले १६ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला अदालत भोजपुरबाट २०५९ चैत ९ मा जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महिना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो ।

राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै, अदालतले अर्का एकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

अदालतले भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई जबर्जस्ती करणी उद्योगमा पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

राईले सोही ठाउँकी १५ वर्षीय युवतीलाई मन्दिरमा लगी करणी गर्न खोजेको प्रहरीले जनाएको छ ।

राईलाई गत फागुन ११ गते पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...