‘जिन्दगी नै भन्दिनँ’ मा बोल्ड अवतारमा झरनाकी छोरी सुहाना

Anmol suhan

काठमाडौं । नाम चलेका कलकारका सन्तान फिल्म क्षेत्रमा आउनु कुनै नौलो होइन । पछिल्लोपटक नायकिा झरना थापाकी छोर सुहाना थापा ‘ए मेरो हजुर ३’ मा देखा परेकी छन् । यो उनको चलचित्र क्षेमा पहिलो पाइला हो ।

पहिलो पाइलामै उनले रोमान्टिक गीत ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीतमा गीतमा निकै बोल्ड अवतारमा देखिएकी छन् । यसमा सुहाना थापाको साथमा नायक भुवन केसीका छोरा अनमोललाई फिचर्ड गरिएको छ ।

मनाङको आइसलेक, सगरमाथा बेसक्याम्प र अमेरिकाको न्युयोर्कसम्मका रमणीय स्थानमा गीतको छायांकन गरिएको छ । सुनीलकुमार थापाले निर्माण गरेको उक्त फिल्मलाई झरना थापाले निर्देशन गरेकी छन् । एकनारायण भण्डारीको शब्द, सुगम पोखरेल र प्रविशा अधिकारीको स्वरमा सजिएको गीतमा आशिष अविरलले संगीत भरेका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा तयार भएको फिल्ममा कथा निर्देशक थापासँगै सुमन पौडेलको छ । बाबुराम दाहाल, छेतेन गुरुङ, सुमन पौडेल र प्रतीक पौडेलले स्क्रिप्ट लेखनमा साझेदारी गरेका छन् । ‘ए मेरो हजुर ३’ यही वर्षको चैत्र २९ मा रिलिज हुँदैछ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...