उदयपुरमा ३ घरमा आगलागी हुँदा १८ लाख बराबरको क्षति, ४० बाख्रा जले

Aaglagi 45

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० बेंसीमा रहेको शेरबहादुर सुनुवार र विचारी सुनुवारको घरमा आगलागी भएको छ ।

शुक्रबार साँझ भएको आगलागीमा १८ लाख रुपैयाँ बराबरको क्षति प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रवेद राईका अनुसार आगलागीबाट शेरबहादुरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तले दुई वटा घर, घरमा रहेको नगद, अन्नपात, लत्ता कपडाका साथै बाख्राका ४० वटा पाठापाठी जलेका छन् । उनको करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै, विचारीको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तले घर, घरमा रहेको नगद, अन्नपात जलेको छ ।

उनको करिब आठ लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...