फेसबुक प्रेमी भेट्न जाँदा किशोरी बलात्कृत, एकजना पक्राउ

Balakrit

सुर्खेत । सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन् ।

फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन् ।

दिउँसो २ बजे वीरेन्द्रनगर-९ स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुई किशोरले बलात्कार गरेको जाहेरी पीडित परिवारले प्रहरीमा दिएको छ ।

वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएपछि पीडित परिवारले जाहेरी दिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

बलात्कार आरोप लागेका दुईमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका किशोर १६ वर्षका हुन् । उनको नाम गोप्य राखिएको छ ।

उनका साथी १७ वर्षीय सागर चौधरी भने फरार छन् । पक्राउ परेका किशोरले प्रहरीसँगको वयानमा फेसबुकमार्फत् प्रेम सम्बन्धमा रहेको र घुम्न जाँदा सहमतिमै शारीरिक सम्पर्क राखेको बताएका छन् ।

पक्राउ परेका किशोरले उनीहरुबीच २५ दिनदेखि फेसबुकमा कुराकानी हुँदै आएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...