वनको आगो बस्तीमा प्रवेश, ७ घर जले

Aaglagi 32

ओखलढुंगा । खोटाङमा जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेपछि आगलागीमा ७ घर जलेका छन् ।

गढीथुम्का र काँसेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वस्तीमा प्रवेश गरेको हो ।

आगलागीबाट रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रहेको घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डे र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

गाउँपालिकाका अनुसार क्षतिको विवरण आउन बाँकी छ । डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय खटिएका छन् ।

रावाबेँसी गाउँपालिकाभित्रको डढेलो पूर्णरुपमा नियन्त्रणमा आइनसकेको भएपनि खतरा टरेको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए ।

गढीथुम्का र काँसेघडेरी सामुदायिक वनबाट फैलिँदै ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाको लेवा क्षेत्रमा पुगेको डढेलो भने नियन्त्रण बाहिर गएको छ ।

आगो नियन्त्रण गर्न नसकिने अवस्था रहेको ऐंसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताए । उनले क्षतिको यकिन गर्न नसकिएको जानकारी दिए ।

यस्तै, गैरीखेत सामुदायिक वनबाट सुरु भएको डढेलोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विद्याकुमार राईको घर तथा दुईवटा गोठ जलेका छन् ।

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको धनमुडा चयनपुर सामुदायिक वनमा लागेको डढेलो पनि नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।

आगोलागीमा घर जलेका पीडितहरुको विचल्ली भएको छ । स्थानीयले आफन्तकोमा बस्ने व्यवस्था गरेका छन् ।

आगलागीमा परी लाखौंको धनमाल क्षति भएको छ भने, सयौं हेक्टर वन क्षेत्र सखाप भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...