यस्तो छ सुहाना र अनमोल अभिनित 'ए मेरो हजुर ३' को गीत (भिडियोसहित)

Ooogr

काठमाडौं । फिल्म 'ए मेरो हजुर ३'को नयाँ गीत सार्वजनिक भएको छ। अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा र अनमोल केसी अभिनित फिल्मको 'जिन्दगी नै भन्दिन'बोलको गीत सार्वजनिक भएको हो।

सुगम पोख्रेल र प्रविशा अधिकारीको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ। गीतमा आशिष अविरलले संगीत दिएका हुन्। झरनाको निर्देशनमा बनेको फिल्ममा सुहाना र अनमोलसँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङलगायतको अभिनय छ। फिल्ममा हिमाल केसीको द्वन्द्व, कविराज गहतराज, रामजी लामिछाने, प्रवीण सिंह  र राहुल शाहको कोरियोग्राफी छ।

यो सुहानाको डेब्यू फिल्म हो। अनमोल अभिनित 'क्याप्टेन' भने हालै प्रदर्शनमा आयो। सुहाना र अनमोलको स्क्रिन जोडीलाई दर्शकले कत्तिको रुचाउँलान् ?

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...