सामूहिक बलात्कारका ३ अभियूक्तलाई १३ वर्ष कैद

Karagar chalan

सप्तरी । जिल्ला अदालत सप्तरीले सामूहिक बलात्कारको आरोप लागेका तीन अभियूक्तलाई जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा ८ का २८ वर्षीय नवीन दत्त र वडा ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई २०७१ चैत १३ गते कोठामा लगी सामूहिक बलात्कार गरेको भन्दै पीडितले आरोपितसहित सातविरुद्ध उजुरी दिएकी थिइन् ।

आरोपितमध्ये पक्राउ नपरेका शम्भु, नवीन, फुदिन, राजविराज–८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह र राजगढ गाउँपालिका–३ नर्घोका २० वर्षीय दिपेशकुमार यादवलाई अदालतले २०७२ वैशाख २४ गते वारेण्ट पूर्जी जारी गरेको थियो ।

आरोपितमध्ये कमलकिशोर, रुपनी गाउँपालिका–६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खङ्ग र सुनसरीको गढी गाउँपालिका–६ सतेरझोराका १८ वर्षीय दीपक खेरवार यादवले २०७३ जेठ २४ गते अभियोग दाबीबाट सफाइ पाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...