बालविवाहमा संलग्न तीनजना विवाह मण्डपबाटै पक्राउ

Pakrau bibaha mandap

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले बालविवाहमा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।

बालविवाह गर्ने र गराउने खाजेको सूचनाका आधारमा खैरावाङ मन्दिर परिसरबाट तीन जनालाई पक्राउ गरेको हो ।

शारदा नगरपालिका २ मेलघारीका बेहुला २० वर्षीय खुमबहादुर वली, १५ वर्षीया बेहुली र बेहुलाकी आमा ३८ वर्षिया दुजी वलीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

मन्दिरमा विवाहका लागि मण्डपमा बस्दै गर्दा उनीलाई बिहीबार पक्राउ गरिएको शाहीको भनाइ छ ।

बालविवाह हुन लागेको खबर पाउनेबित्तिकै शारदा नगरपालिका–२ का वडाध्यक्ष केशवसिंह श्रेष्ठले खैरावाङ मन्दिरका पुजारी दिनबन्धु शर्मालाई फोन गरी बालविवाह रोक्न आग्रह गरेका थिए ।

सूचनाको आधारमा मन्दिरमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले वालविवाहमा संलग्न रहेको आरोपमा दुलाहा, दुलही र दुलाहाकी आमालाई पक्रेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

उनीहरूलाई बालविवाहको उद्योग गरेको कसुरअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाउने प्रहरीले बताएको छ ।

बालविवाहविरुद्ध कानुनी प्रक्रिया सुरु गरेर मुद्दा दर्ता गरिएको यो जिल्लाको पहिलो घटना हो ।

बालविवाह गर्नेलाई तीन वर्षसम्मको कैद र ३० हजार रुपैयाँ सम्मको जरिवाना गर्न सकिने काननुमा उल्लेख छ भने उद्योग सञ्चालन गरेको ठहरेमा त्यसको आधा सजाय हुने उल्लेख छ ।

कर्णाली प्रदेश सरकारको एक प्रतिवेदन अनुसार सल्यान जिल्ला कर्णाली प्रदेशमै सबैभन्दा बढी बालविवाह हुने जिल्लामा पर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...