दोलखाको लामाबगरमा मजदुर बोकेको बस दुर्घटना, २ को मृत्यु, २४ घाइते

Accident 1

दोलखा । दोलखाको लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मजदुर चढेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

सो दुर्घटनामा परी सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको छ ।

सिनो हाइड्रोले भाडामा लिएर चलाएको बा४ ख ४५७३ नम्बरको बस बिहान ७ः४५ बजे बिगो गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...