हेटौंडामा भेटियो बर्डफ्लू, गाउँको चारैतिर कुखुरा निकासीमा रोक

Bird flu

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ७ नागबस्तीस्थित एक फर्ममा रहेका कुखुरामा बर्डफ्लू देखिएको छ ।

कुखुरामा बर्डफ्लू भेटिएपछि स्थानीय प्रशाषनले बर्डफ्लू भेटिको फर्मलाई केन्द्रविन्दु मानेर गाउँको चारैतिर कुखुरा निकासी तथा वितरणमा रोक लगाएको छ ।

कुलप्रसाद चौलागाईंको कमर्सियल लेयर्स फर्मको नमूना परीक्षण गर्दा कुखुरमा बर्डफ्लू भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कुखुरा फर्मको सीमा पूर्वमा वडा नं. ६ र ७ को सीमाना, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सीमाना र उत्तरमा वनदेवी दुग्ध उत्पादन संस्था भवनको सीमानाको बाटो, दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सीमाना परिधिभित्रको क्षेत्रबाट कुखुरा जन्य सामग्री बाहिर लान रोक लगाइएको छ ।

अन्यत्र गएर रोग नफैलियोस् भनेर कुखुरा, अण्डा र कुखुराको सुली पनि बाहिर नजाओस् भनेर रोक लगाइएको प्रशासनले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...