उपभोक्ताहरु आफैं जागरुक हुन ओलीको आग्रह

Kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ताहरु आफैं जागरुक हुनुपर्ने बताएका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सन्देशमा सेवा दिने निकाय, उद्यमी, व्यावसायीलगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी काम गर्न स्मरण गराए ।

‘यस क्षेत्रमा सक्रिय नियामक निकायहरुले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता अधिकार संरक्षणका लागि अझ क्रियाशील हुनुपर्ने खाँचो छ’ प्रधानमन्त्री ओलीले सन्देशमा लेखेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको उपभोक्ता अधिकार सम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानुनहरुको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुद गर्न हर तरहले प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...