धनकुटामा ३ महिने कम्प्युटर र सुईटर बुनाई तालिम शुरु

Dkt talim

धनकुटा । धनकुटामा तिन महिने आधारभुत कम्प्युटर तथा सुइटर बुनाई तालिम बिहीबार शुरु भएको छ । सो तालिमको जिल्ला समन्वय समितिकी उपप्रमुख बंगला राईले उद्घाटन गरिन् ।

घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटा र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको संयुक्त आयोजनामा संचालन गरिएको सो तिन महिने बेसिक कम्प्युटर र सुईटर बुनाई तालिमको उदघाटन गर्दै उपप्रमुख राईले घरेलु उद्योगबाट मुलुक समृद्धी बनाउन सकिने बताइन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका निर्देशक दिपक पौडेल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य तथा घरेलु तथा साना उद्योग महासंघ धनकुटाका उपाध्यक्ष कुसुम राना, धनकुटा नगरपालिका वडा नं. ४ का वडा सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य दुर्गा अधिकारीले सीप बिनाको मानिस अहिलेको समयमा अपुरो र अधुरो हुने भएकाले सवैमा कुनैन कुनै प्रकारका शिप हुनुपर्नेमा जोड दिए ।

सुईटर बुनाई तालिममा १३ जना र कप्युटर तालिममा १५ जना प्रशिक्षार्थी सहभागी भएको घरेलु तथा साना उद्योग महासंघ धनकुटाकी प्रशिक्षक करुणा लावतीले बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...