विप्लव भन्छन्, ओली एण्ड बादल कम्पनीको प्रतिवन्ध पानीको फोका हो

Biplav chnda

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई लगाएको प्रतिवन्धलाई पानीको फोका भएको संज्ञा दिएका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिप्रति असन्तुष्टी जनाउँदै मंगलबार प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । यसलाई विप्लवले ‘ओली एण्ड बादल कम्पनी’ ले लगाएको प्रतिवन्ध पानीको फोका भएको टिप्पणी गरेका छन् ।

‘हामीले इमान्दार र कुशलताका साथ ती अवरोधलाई पन्छाउँदै आएका छौं । उही क्रममा यो दलाल संसदीय व्यवस्थाले प्रतिवन्धका नाममा अर्काे अवरोघ ल्याउन खोजेको छ’ विप्लवले बिहीबार साझ विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘हामीलाई विश्वास छ, यो प्रतिवन्ध पानीको फोकाझै फुटेर जानेछ ।’

उनले सरकारको अवरोधका बीच पनि बन्द सफल भएको दावी गरेका छन् । उनको सो विज्ञप्तीमा बन्द सफल बनाउने सबैलाई धन्यवाद पनि दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...