विप्लव कार्यकर्ता खोज्न प्रहरीको सर्च अभियान

Police

धरान । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएलगत्तै प्रदेश १ प्रहरीले विप्लव कार्यकर्ता खोज्न विशेष टोली परिचालन गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका विशेष टोली प्रदेश १ का १४ जिल्लामा परिचालन गरिएको छ ।

विप्लवका कार्यकर्तासँग भएका हतियार बरामद गर्न सबै जिल्लामा २४ घण्टे सर्च अभियानमार्फत नेपाल प्रहरी र सशस्त्रका छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । नेपाली सेनालेसमेत दैनिक गस्ती बढाएको छ ।

प्रधानमन्त्री केपी ओलीले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउन सुरक्षा निकायलाई निर्देशन दिएलगत्तै प्रदेश १ मा चारवटै सुरक्षा निकायले सुरक्षा रणनीति तयार गरेका थिए ।

महिना दिन अगाडि प्रहरीले द्वन्द्व कालमा नेपाली सेनाबाट तत्कालीन माओवादीले लुटेको एलएमजी एक थान र एम १६ एक थानसहित विप्लव नेतृत्वको नेकपाका कोशी व्युरो सदस्य देवकुमार लिम्बु धरानबाट पक्राउ परेका थिए ।

उनलाई पक्राउ गरेपछि नेपाली सेनालेसमेत द्वन्द्वकालमा लुटिएका हतियार बरामद गर्न प्रदेश १ मा दैनिक गस्ती बढाएको छ ।

विप्लवका गतिविधि नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालय विराटनगर र दंगा नियन्त्रण कार्यालय सुनसरी र प्रदेश प्रहरी इकाइ धरानको प्रदेश कार्यालय सुनसरीले छट्टाछुट्टै टोली परिचालन गरेको छन् ।

सशस्त्रले पनि प्रदेश कार्यालय पकलीबाट जिल्लामा अत्याधुनिक हतियारसहितको टोली परिचालन गरेको छ ।

सबैभन्दा बढी प्रहरी प्रदेश १ को अस्थायी राजधानी रहेको मोरङ जिल्ला, प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापा र सुनसरीमा प्रहरी परिचालन गरेको बुझिएको छ ।

ओलीको गृह जिल्लामा विप्लवले बढी टार्गेट गरेको आशंकामा प्रहरीले निगरानी बढाएको हो ।

प्रदेश १ का धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा र ताप्लेजुङमासमेत प्रहरी परिचालन गरिएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले बताए ।

विप्लव नेतृत्वको पार्टी कार्यकर्ताको घर, डेरा पहिचान गरी निगरानी बढाइएको छ ।

सशस्त्र प्रहरीका प्रदेश १ प्रमुख डीआईजी मन्दिप श्रेष्ठले विप्लवका अवैध गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको बताउँदै आवश्यकता हेरेर थप जनशक्तिसमेत परिचालन गर्ने तयारी गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...