राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुक्रबार सकिने

Kamal thapa 30

काठमाडौं । फागुन १५ गते ताप्लेजुङबाट शुभारम्भ भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुक्रबार समापन हुने भएको छ ।

देशका विभिन्न भागमा सञ्चालन गरी काठमाडौं उपत्यका प्रवेश गरिसकेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको ऐतिहासिक समापन चैत्र १ गते शुक्रबार अपरान्ह १२ बजे प्रदर्शनी मार्ग भृकुटीमण्डपमा हुन भएको हो । सो यात्राको समापनमा पार्टी अध्यक्ष कमल थापा सहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चैत्र १ गते बिहान साँढे ७ बजेबाट नै लावालस्कर स्वाभिमान यात्रा ललितपुरबाट प्रारम्भ भई भक्तपुर पुग्नेछ । यात्रा भक्तपुरबाट काठमाडौं फर्किएर शहरका विभिन्न स्थान हुँदै डिल्लीबजारमा हुने कलश यात्रासहित भृृकुटीमण्डपमा आमसभामा परिणत हुने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

यात्रा सञ्चालन हुने देहायका रुटहरुमा केही समय सवारी आवागमनमा असुविधा उत्पन्न हुन सक्ने भएकाले क्षमा याचना पनि गरेको छ । वैकल्पिक रुट प्रयोग गर्न राप्रपाले उपत्यकावासीमा आग्रह पनि गरेको छ ।

यस्तो छ यात्राको रुट
बिहान ७ः३० बजे जावलाखेलबाट कुमारीपाटी–लगनखेल–सातदोबाटो–ग्वार्को– कोटेश्वर–जडिबुटी – लोकन्थली – गठ्ठाघर – पुरानोबाटो गठ्ठाघर व्यारेक – पुरानो ठिमी–सल्लाघारी – नगरकोट जाने बाटो हुँदै व्यासी – कमलविनायक – च्यामासिंह – जगाती–सुर्यविनायक चोक – सल्लाघारी – नयाँठिमी – गठ्ठाघर – लोकन्थली – जडिबुटी – कोटेश्वर–तिनकुने– सिनामंगल – पुरानोवानेश्वर – मैतीदेवी– डिल्लीबजार–पुतलीसडक–बागबजार–रत्नपार्क–विद्युत प्राधिकरण हुँदै प्रदर्शनीमार्ग, भृकुटीमण्डप ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...