नवलपरासीमा बम विष्फोट र आगजनी, ३४ विगाहा जग्गा कब्जा

Aaglagi 45

परासी । पश्चिम र पूर्वी नवलपरासीका विभिन्न स्थानमा बिहीबार बम विष्फोट र आगजनीका घटना भएका छन् ।

केही स्थानमा व्यक्तिगत जग्गामा झण्डा गाडेर कब्जाको घोषणासमेत गरिएको छ ।

बिहीबार दिउँसो पूर्वी नवलपरासीको कावासोती बजारमा बम विष्फोट भएको छ ।

डिभिजन वन कार्यालय नजिक भएको विष्फोटमा कुनै मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लिलाराज लामिछानेले बताए । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोली नपुग्दै विष्फोट भएको हो । बम विष्फोटको आवाज शक्तिशाली रहेको स्थानीयले बताएका छन् ।

पूर्वी जिल्लाकै राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएको छ ।

शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको थियो ।

बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा विप्लव समुहले बिहीबार नेपाल बन्दको घोषणा गरेका कारण दुवै घटना उक्त समूहले गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

त्यसैगरी पूर्वपश्चिम राजमार्ग्स्थित पश्चिम नवलपरासीको बासाबसहीमा बिहीबार बिहान ट्रकमा आगजनी गरिएको छ ।

८/१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेको स्थनीयले बताएका छन् ।

काठमाडौँबाट धनगढीका लागि बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ । आगलगीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ ।

यसैबीच विप्लव समहुको नेकपा जनपरिषद्को नाउँबाट पश्चिम नवलपरासीकै पाल्हीनन्दन गाउँपालिका-६ पडरीमा रहेको ३४ विगाहा जमिनमा झण्डा गाडिएको छ । उक्त जग्गा एक व्यक्तिको नाउँमा थियो ।

स्थानीय जनतालाई वर्षौदेखि जोतभोग गर्न दिएको जग्गा थाहा नदिइ जालसाक्षी गरेर अन्य व्यक्तिलाई बिक्री गरेको भन्दै झण्डा गाडेर कब्जामा लिइएको जनपरिषद्का एक जिल्ला नेताले बताएका छन् ।

राती गाडिएको झण्डालाई प्रहरीले बिहानपख निकालेर फालेको छ । बन्दको प्रभाव दुवै जिल्लामा परेको छ ।

बन्दका कारण लामो दुरीका सवारीसाधन ठप्प छ । पश्चिम जिल्लाका केही बजार क्षेत्र फाट्टफुट्ट खुले पनि पूर्वी जिल्ला भने पूर्णरुपमा प्रभावित बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...