अवैधरूपमा भित्र्याईएका खसीबोकासहित ३ जना पक्राउ

3 jana pakrau

नेपालगञ्ज । भारतबाट अवैधरूपमा नेपाल भित्राईएको खसीबोकासहित तीन जनालाई बुधबार नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज–१६ जयसपुर बस्ने फहिम कुरेसी, जाकिर कुरेसी र रहिस कुरेसी रहेका छन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उपमहानगरपालिका–१३ स्थित रामबागबाट रु १२ लाख मूल्य बराबरको ८० खसीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।

'भारतबाट भन्सार छली अवैधरूपमा खसीको चोरी पैठारी गरेको सूचनाको आधारमा खटिएको टोलीले ट्रकमा लोड गरेको अवस्थामा खसी नियन्त्रणमा लिएको हो',वडा प्रहरी प्रमुख डाँगीले भने, 'यति ठूलो मात्रामा खसी पक्राउ परेको यो पहिलो पटक हो ।'

खसीबोकासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...