ताप्लेजुङ जिल्ला अस्पतालमा बेबारिसे शव अलपत्र

Mirtu 98798

ताप्लेजुङ । ताप्लेजुङमा जिल्ला अस्पतालको शवगृहमा चार दिनदेखि एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

मिक्वाखोला गाउँपालिका-४ साँवामा फागुन २६ गते अलपत्र परेको अन्दाजी ४० वर्षीया महिलाको शव प्रहरीले शव गृहमा ल्याएर राखेको थियो ।

शव पहिचान गर्ने कुनै प्रमाण फेला नपरेपछि तत्काल हुलियासहित आफन्तको खोजीका लागि प्रहरीले सञ्चार माध्यममा सूचना जारी गरेपनि बिहीबारसम्म कोही सम्पर्कमा नआएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

बेवारिसे शव भेटिए सात दिनसम्म सार्वजनिक सूचना प्रवाह गरेर पहिचानको प्रयास गर्ने र आफन्त फेला नपरे कानुनी प्रक्रिया र्पुयाएर शवलाई अन्त्येष्टि गर्ने व्यवस्था छ ।

शव तराई मुलकोजस्तो देखिने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...