‘जाउँला बरीलै’मा यस्तो देखियो बब्लु र रुबिनाको माया (भिडियोसहित)

Vvvvv

काठमाडौं। गायिका बिष्णु माझी र गायक भागीरथ चलाउनेको आवाजमा लोकदोहोरी गीत ‘जाउँला बरीलै’ बजारमा आएको छ ।

भिडियोसहित बजारमा आएको उक्त गीतलाई निकै कम समेमा दर्शक, श्रोताले अत्यधिक रुचाएका छन् । आवाज, गीतमा भरिएका प्रत्यक शब्द र कलाकार देवेन्द्र बब्लु,रुविन अधिकारीको जिबन्त अभिनयलेपनि गीतलाई निकै उत्कृष्ट बनाएको छ ।

गीतमा यस्ता शब्द छन् ‘थर मिलेन मन मिल्छनी चिना मिल्दैन र, मनमिल्नेसंग जुनी काट्न किन मिल्दैन र ?
मेरो माया तिम्लाई हो जुनी, जुनीभरीलाई, यो समाज त के होर देशै छोडी जान परे जाउला बरीलै’

एकअर्काकालाई माया गर्ने जोडीलाई समाजले स्विकार गर्न नमानेपछिको यथार्थलाई गीतमा समेटिएको छ । जात नमिलेर समाजले छुटाउन खोज्दाखोज्दैपनि भागेर धेरै टाढा गएर अर्को आफ्नो अलग्गै संसारमा रमाउला, एकअर्कालाई हरेक मोडमा साथ दिउला यस्तै भावलाई अभिनयमा उतारेका छन् देवेन्द्र र रुविनाले ।

गीत अहिलृ युट्युव ट्रेन्डिङ्को ४६ नम्बरमा परेको छ । गीतलाई अहिले सुन्ने र हेर्नेजतीले यो बर्षर्कै उत्कृष्ट गीतहरु मध्य एक मानिरहेका छन् । सन्तोष विसी र भिम लामाको शब्द तथा स्वयं गायक भागीरथ चलाउनेको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोका पक्ष पनि निकै उत्कृष्ट रहेको छ । गीतमा देवेन्द्र ,रुविनासंगै कल्याण कार्की, जुना कार्की र हरिडे कार्कीको अभिनय रहेको छ भने प्रविण भट्टको निर्देशन रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...