नेत्रविक्रम चन्दको नेकपालाई सरकारले गर्यो आपराधिक संगठन घोषणा, विप्लव समूहले प्रतिवाद गर्ने

Biplab maobadi 2

काठमाडौं ।  सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आपराधिक समूह घोषणा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूह अपराधिक संगठन भएको निष्कर्ष निकाल्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । 

उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको भन्दै सरकारले यो घोषणा गरेको दावी गरिएको छ । 
राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकार विप्लव नेतृत्वको नेकपाप्रति कठोर देखिएको हो । हालै मात्र चन्द समूहले एनसेलको टावरहरु, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको निवासमासमेत बम विष्फोट गराएको थियो । 

प्रधानमन्त्री केपी ओलीले पनि वार्ता र संवादमा नआउने, सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पु¥याउनेप्रति सरकार कठोर बन्ने मंगलवार मात्र बताएका थिए । उता, पार्टीलाई प्रतिबन्ध लगाउने निर्णयप्रति विप्लव समूहले प्रतिवाद गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...