पूर्वराजाको स्थगित भ्रमण मंगलबारबाट पुन: सुरु हुने

Gyanendra shaaa

काठमाडौं । पूर्व-मुमाबडामहारानी अस्वस्थ भएपछी पूर्वी तराईको भ्रमण स्थगित गरेर काडमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहले पुन आफ्नो भ्रमणलाई निरन्तरता दिने भएका छन् ।

गत बुधबारदेखि गर्ने सुरु गर्ने भनिएको भ्रमण स्थगित गरेर काठमाडौं फर्किएका थिए ।

सोमबार पूर्व राजा शाहको सचिवालयले एक विज्ञप्ती जारी गर्दै स्थगित गरिएको भ्रमण पुन निरन्तरता दिन लागेको जनाएको हो । पूर्व राजाले फागुन २९ गतेदेखि धनुषाबाट भ्रमण सुरु गर्ने भएका हुन् ।

उनलेको सचिवालयमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ’गत हप्ता स्थगित गरिबक्सेको धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लाको निजी भ्रमणको कार्यक्रम यही फागून २९ गते धनुषाबाट सूरु गरिबक्सदै छ।’

पूर्वमुमा बडामहारानी रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराजा शाहको मधेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मुमा बडाबहारानी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।

उनको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आउँदै गएको अस्पतालले जनाएको छ । ९१ वर्षीया शाहको स्वास्थ्यमा खराबी देखिएपछि मंगलबार अस्पताल भर्ना गरिएको गरिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्रले बुधबारदेखि जनकपुर केन्द्र बनाएर प्रदेश धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठमन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो ।

सो कार्यक्रम अनिश्चित रूपमा स्थगित गरेर काठमाडौं फर्किएका पूर्वराजा फागुन १९ बाट पुनः सुरु गर्न लागेका छन् ।

यसअघि उनी पोखरा क्षेत्रको भ्रमण तथा शक्ति पीठहरूको दर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...