प्रधानमन्त्री र अर्थमन्त्री अनुपस्थित हुँदा बैठक स्थगित

Artha baithak

काठमाडौँ । सोमबार बोलाइएको समितिको बैठकमा प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडा अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ ।

सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धी विधेयकमा छलफल गर्न बोलाइएको अर्थ समितिको बैठक स्थगित गरिएको हो ।

चैत दोस्रो साता काठमाडौंमा हुने लगानी सम्मेलन अघि नै उक्त विधेयक पारित गर्ने तयारी अनुसार २ साता अघि प्रधानमन्त्री कार्यालयले दर्ता गरेको थियो ।


समितिको छलफलमा प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडा नै अनुपस्थित भएको भन्दै विपक्षी कांग्रेस सांसद गगन थापाले विधेयकमा छलफल हुन नसक्ने धारणा राखेपछि बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।

मन्त्री खतिवडासँगको सल्लाहमा सोमबार दिउँसो १ बजे समितिको बैठक राखिएको थियो ।

तर अर्थमन्त्री खतिवडा नै उपस्थित नभए पछि बैठक स्थगित गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...