पर्सामा तीन बोरा अवैध गाजा बरामद

Gaaaja

वीरगन्ज । पर्सामा सशस्त्र प्रहरीले तीन बोरा गाजा बरामद गरेको छ ।

प्रहरीले बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले तीनवटा बोरामा रहेको अन्दाजी ६० केजी गाजा आइतबार राति बरामद गरेको हो ।

जिराभवानी गाउँपालिका ५ शंकरसरैयामा रहेको सुगिभार जङ्गल क्षेत्र भएर भारततर्फ तस्करले टाउकोमा गाजा बोकेर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै गाजाको बोरा फ्याकेर भागेकाले तस्कर भने पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

बरामद गाजा सोमबार बिहान इलाका प्रहरी कार्याल पोखरियामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

विगत लामो समयदेखि मकवानपुर र धादिङमा उत्पादित प्रतिबन्धित लागुऔषध गाँजा र चरेश पर्सा र चितवन राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनहुँदै पर्साको सुबर्णपुर, बिजयवस्ती, शंकर सरैया, सोनवर्षा, पटेर्वा सुगौली, देवारीया, मोरटोलमा भण्डार गरी तस्करले भारततर्फ लैजाने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...