पुरी हत्या प्रकरण : हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ, रुपन्देहीवासी त्रसित

Manish puriii

रुपन्देही । रुपन्देहीको देवदह ५ खैरेनीका २० वर्षिय अनिस पुरीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ५ जना युवालाई नियन्त्रणमा लिएको छ ।

आइतवार राती करिब ८ बजे स्थानीय एक युवाले पुरीलाई मोबाइलमा फोन गरी भेट गर्ने बहानामा बोलाएका थिए । उनलाई भेट्न पुगेका पुरीलाई ९ घोडाहामा ८/१० जनाको समुहले आक्रमण गरेको थियो ।

लु ४२ प ९९८२ नम्वरको मोटरसाइकलमा सवार पुरीलाई उक्त समूहले रड, ढुंगा र चिर्पट प्रहार गरी हत्या गरेका थिए । उनीसँगै मोटरसाइकलको पछाडी बसेर गएका उनका साथी सम्राट सकुशल बचे ।

यद्यपी प्रहरीले भने मृतक पुरीको साथमा रहेका युवा र पक्राउ परेका युवाहरु कसैको पनि पहिचान खुलाएको छैन ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले घटनाको अनुसन्धान भईरहेको र अहिले ५ युवालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको भन्दै थप खुलाउन चाहेनन् ।

उक्त समुहले आक्रमण गरेपछि बच्न मोटरसाईकलमा भाग्दै आएका पुरी घटनास्थल भन्दा करिब दुईसय मिटर पर एक पेट्रोलपम्पमा पुगेपछि सडकमै ढलेका थिए ।

सडकमा ढलेपछि स्थानीयले उद्धार गरी तत्काल देवदह मेडिकल कलेज र्पुयाएलगत्तै चिकित्सकले पुरीलाई मृत घोषणा गरेका थिए ।

पुरीको छातीको बायाँतर्फ २-३ वटा गहिरो चोट लागेको छ भने छातीको बिच भागमा निलडाम देखिएको प्रहरीले जनाएको छ ।

अहिले पुरीको शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका युवाहरुसंग घटनाको बारेमा सोधपुछ भईरहेकोले घटनाको कारण र थप संलग्नहरु पनि छिट्टै पक्राउ पर्ने जनाएको छ ।

स्थानीयका अनुसार देवदहमा सञ्चालित व्यापार मेला स्थलमा सवारी साधन पार्किङका बिषयमा घोडाहा र खैरेनीका युवाहरुका बिचमा केहिदिन यता बिवाद भएको थियो ।

३/४ दिन यता विवाद उत्पन्न भएपनि मेला आयोजक र सुरक्षाकर्मीको सहभागितामा विवाद समाधान गरेपनि आइतवार पुनः दुवै क्षेत्रका युवाहरुका बिचमा पुनस् विवाद भएको थियो ।

देवदह उद्योग बाणिज्य संघले बुद्धनगरमा संचालन गरेको व्यापार मेलामा खैरेनीका युवाहरुको हाली मुहाली चलेको भन्दै घोडाहा क्षेत्रका युवाहरु रुष्ट थिए ।

दुवै क्षेत्रका युवाहरुका विचमा को शक्तिशाली हुने भन्ने होडबाजीका कारण खैरेनी निवासी पुरीको ज्यानै गएको एक स्थानीयले बताए ।

रुपन्देहीको देवदह क्षेत्रलाई प्रहरी प्रशासनले सुरक्षाको हिसाबले संवेदनशिल क्षेत्रको रुपमा राखी सोहि अनुरुप सुरक्षा गतिविधि बढाउने गरेको पाईन्छ ।

नदिजन्य पदार्थ र काठ तस्करीको अखडा मानिने सो क्षेत्रमा पछिल्लो समय अपराधिक घटनाहरु बढ्दै गएका छन् ।

सो क्षेत्र अपराधको प्रमुख कारण मानिने लागु औषध दुव्र्यसनको समेत अखडा बन्दै गएको छ ।

यसअघि स्थानीय व्यवसायीहरु दुर्गा तिवारी र (बलु) भनिने बसन्त पौडेलको गोली हानी हत्या गरिएको थियो । तिवारीको २०७३ पुस ४ गते र पौडेलको ०७४ पुस २१ गते गोली हानी हत्या गरिएको थियो ।

पौडेल र तिवारीको हत्याको जिम्मा लिएका मनोज पुनको ०७४ फागुन ९ गते रुपन्देही प्रहरीको ईन्काउन्टरमा परी मृत्यु भएको थियो ।

आइतवारदेखि रुपन्देहीमा प्रदेशस्तरिय सुरक्षा गोष्ठि चलिरहेको र प्रदेशभरीका सुरक्षा निकायका प्रमुखहरु समेत रुपन्देहीमा भएको बखत घटेको यस्तो घटनाले सर्वसाधारणलाई झनै त्रसित बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...