रमिलाको शव खोज्न जाँदा अर्को एक बेवारिसे शव फेला

Mirtu mahilaaa

मोरङ । बेलबारी ४ बुधबारेबाट गत १७ फागुन शुक्रबार राति देखि हराइरहेकी रमिला राईको शव खोज्न गएको प्रहरीले अर्कै महिलाको शव फेला परेको छ ।

नेकपाका पूर्व नगर अध्यक्षसमेत रहेका योगेन्द्र गुरुङले प्रेमिका रमिला राईको हत्या गरी कोशी नदीमा फालेको बयानको आधारमा प्रहरीको गोताखोर टोली राईको शव खोज्न कोशी नदीमा गएको थियो ।

खोलामा गोताखोर टोलीले रमिलाको शव खोज्दा अर्कै एक महिलाको शव भेटाएको र उनको पहचिान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राईले बताए ।

शव हेरेर हत्या तथा आत्म हत्या के हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

महिलाको शव परिक्षणको लागि विपि कोइराला विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...