पुलमा साइकल ठोक्किंदा एक जनाको मृत्यु

Mirtu 1

सप्तरी । साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ बकधुवा घर भएका करिब २९ वर्षीय डिल्लीराम अर्यालको साइकलबाट लडेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी साइकल चलाएका अर्याल साइकल चढेर घर जाने क्रममा गाउँनजिकै रहेको पुलमा ठोक्किंदा लडेर घाइते भएका थिए ।

उनको स्थानीय धर्मेश्वर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पुर्याइएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नहुँदा विराटनगरस्थित नोवेल अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...