गाईको पुच्छरमा बेरिएर ५ वर्षीय बालकको मृत्यु

Mirtu 884545

उदयपुर । उदयपुरमा गाईको पुच्छरमा बेरिएर एक बालकको ज्यान गएको छ ।

ज्यान जानेमा कटारी नगरपालिका ८ थलियाका लिल बहादुर मगरका छोरा ५ वर्षीय आयुष मगर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अवस्थामा गाईले घिसार्दा ज्यान गएको हुन सक्ने प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

बालक शनिबार साथीहरुसँग गोठालो गएका थिए । त्यही बेला उनका एक साथीले आयुषको कम्मरमा डोरीले कसेर गाईको पुच्छरमा बाँधिदिएको भनिएको छ ।

पुच्छरमा बाँधिदिएपछि गाई तर्सेर भाग्दा बालकको घिसारिएर ज्यान गएको हो ।

घटनामा ज्यान गुमाएका बालकको शव आइतबार कानुनी प्रकृया पूरा गरी परिवारलाई जिम्मा लगाएको छ ।

घटना गराउने बालकलाई आवश्यक अनुसन्धानको लागि गाईघाटबाट आइतबार म्याद थप गरी कटारी ल्याइएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...