सप्तकोसी बगरमा युवतीको शव फेला

Mirtu mahilaaa

सप्तरी । सप्तरीको सप्तकोसी बगरमा एक युवतिको शव फेला परेको छ ।

सप्तरीको पूर्वी सीमाको रुपमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा पर्ने कोसी ब्यारेजदेखि दक्षिणमा रहेको बगरमा युवतीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ब्यारेजदेखि करिब ८०० मिटर दक्षिण सप्तकोसी बगरमा करिब २० वर्षीया युवतीको शव फेला परेको हो ।

नदीले बगाएर ल्याएको शव आइतबार अपराह्न भेटिएको हो । पहाडी मूलकी युवतीको कम्मरदेखि तलको भाग पानीमा डुबेको र माथिल्लो भाग बालुवामा थियो ।

युवतीको उचाइ चार फिट ११ इञ्च, कालो कपाल, गहुँगोरी, घाँटीमा सुन जस्तो देखिने पहेंलो धातुको सिक्री छ ।

शव राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...