तरुण दलका कार्यकर्ताको हत्या, हत्याको आरोपमा ३ जना पक्राउ

Mirtu 1

रुपन्देही । रुपन्देहीको देवदहमा तरुण दलका एकजना कार्यकर्ताको हत्या भएको छ ।

देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अनिस पुरीको चिरपट र ढुङ्गाले हानेर आइतबार राति हत्या भएको देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले बताए ।

देवदहबाट भलुहीतर्फ मोटरसाइकलमा आउँदै गरेका पुरीलाई फोन गरेर बोलाएर पेट्रोल पम्प पछाडि सडकबाट १ सय मिटर भित्र लगेर चिरपट, ढुङ्गालगायतले हानेर हत्या गरिएको देवदह नगरपालिका प्रमुख हिरा खत्रीले जानकारी दिए । उनको छातीमा गहिरो चोट छ ।

गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेजमा लैजाने क्रममा ज्यान गएको हो ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...