‘सीमामा एसएसबीले जाँच गरेको भएर जोगिएँ’

Apaharan bepariii

सप्तरी । सप्तरीमा एकजना कपडा व्यापारीलाई अपहरणको प्रयास गरिएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा न. १ कविलासा निवासी जियाउल हक बोदे बर्साइन बजारमा सञ्चालन गरेको पसल बन्द गरेर घरतर्फ आउँदै गरेको बेलामा शनिबार राति अपरिचित व्यक्तिहरुको एक समूहले कब्जामा लिई भारततर्फ लगेका थिए ।

डाक्नेश्वरी नगरपालिकाकै हटैल हुँदै भारततर्फ लैजाने क्रममा भारतीय एसएसबीले नेपाल र भारतको बीचमा रहेको नारी सीमा नाकामा जाँच गर्दा जियाउलको हात बाँधेको देखेर सोध्नै लाग्दा अपहरणकारी आफूलाई छाडेर भागेको जियाउलले जानकारी दिए ।

बोदे बर्साइनबाट स ८ प ७४७० नम्बरको मोटरसाइकलमा घरतर्फ आउने क्रममा रञ्जितपुर भन्ने ठाउँमा रहेका ७/८ जनाको समूहले जियाउललाई कुटपिट गरेर बेहोस बनाएर हात बाँधी भारततर्फ लगिरहेका थिए । जियाउलले भने ‘सीमामा एसएसबीले जाँच गरेको भएर जोगिएँ ।’

सीमामा अपहरणबाट जोगिएका जियाउललाई स्थानीयहरुले उद्वार गरी राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरेको प्रहरीले जनाएको छ ।

यसैबीच आफ्नो अपहरणको प्रयास भएको भन्दै जियाउलले दाजु सम्सुलमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता लगत्तै तीन जनालाई पक्राउ गरी आवश्यक सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।

डाक्नेश्वरी नगरपालिका १ कविलासाकै तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिए । पक्राउ परेकाको नाम खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...