अवैध चाँदीसहित दुई भारतीय नागरिक पक्राउ

3 jana pakrau

धनुषा । जनकपुरबाट २५ किलो चाँदी र सय ग्राम सुनसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो र ३० वर्षीय रुपेश महतो रहेका छन् ।

आइतबार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बीआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा लोहना जाने सडकमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार बिहान पत्रकार सम्मेलनको गरी सार्वजनिक गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जाँच गर्ने क्रममा सुनको बाला १ थान, गोलो टुक्रा १ थान र ९ प्याकेट चाँदीको दाना बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

उनका अनुसार बरामद भएको सुनको मूल्य ५ लाख २४ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य १६ लाख १८ हजार २ सय ५० रुपैयाँ रहेको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको र मोटरसाइकलसहित सुन र चाँदी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउने तयारी भैरहेको प्रहरी उपरीक्षक खनालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...