ग्रेडरले किचेर विद्यार्थीको मृत्यु : दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन, प्रदर्शनका क्रममा ३ विद्यार्थी घाइते

Mirtu 884545

बैतडी । जिल्लाको पाटनमा ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएको छ ।

पीडित परिवारलाई क्षतिपूर्ति र दोषीमाथि कारवाहीको माग गर्दै आफन्त र विद्यार्थी आन्दोलित भएका छन् ।

शनिबार बेलुका ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ वर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो ।

बजार क्षेत्रमा तीव्र गतिमा गुडिरहेको ग्रेडर अनियन्त्रित भई विमानस्थल लाइनमा पैदल हिँडिरहेका पाण्डेयलाई किचेको थियो ।

ग्रेडरले ठक्करले पाण्डेयको घटनास्थलमै मृत्यु भएलगत्तै चालक रतन बुढा फरार रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए ।

फरार चालकको शनिबार बेलुकादेखि नै खोजी कार्य भइरहेको भएपनि हालसम्म पनि फेला नपरेको उनले बताए ।

उक्त ग्रेडर पाटन विमानस्थल कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले प्रयोग गरिरहेको बुझिएको छ ।

आक्राशित आफन्त र विद्यार्थीले अहिले पाटन बजार बन्द गराएर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

यसका साथै पाटन बजारको चोकचोकमा टायर बाल्नुका साथै दोषीमाथि कडा कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । प्रदर्शनका क्रममा ३ जना विद्यार्थी घाइते भएका छन् ।

दोषीलाई कडा कारवाही गर्नुपर्ने आफूहरुको माग रहेको विद्यार्थी तेजप्रसाद भट्टले बताए । उनले भने, ’हामीले साथी गुमाएका छौं । दोषीलाई कारवाही हुनुपर्यो । पीडित परिवारले क्षतिपूर्ती पाउनु पर्यो । हाम्रो माग पूरा नहुँदासम्म बन्द खुल्दैन् ।’

पीडित परिवारले शव बुझ्न नमानेका कारण मृतकको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रको शव घरमा राखिएको छ ।

राजमार्ग सुचारु गर्नका लागि पीडित पक्ष, पाटन नगरपालिका र सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिबीच छलफल गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...